Tuesday, August 25, 2020

कुलमान घिसिङलाई समर्थन गराैँ 🙏


 कुनै समय कुलमान घिसिङ ज्यूले भन्नुभएको थियो 

"हाम्रो देशमा सक्षम र युवा हुँदा माैका दिईदैन र समय बितिसके पछि हटसिट अफर गरिन्छ "

के यो कुरा साँचो होइन ?


त्यस्ता दिनहरू पनि थिए जति बेला मानिसहरु १८ घण्टा लोडसेडिङ सहेर बस्नुपर्थ्यो , विद्युत प्राधिकरण घाटामा थियो र देशैभरि उज्यालो बनाउने समयमा चकमन्न अँध्यारो हुन्थ्यो । एउटी अामा बिजुलीको उज्यालोमा आफ्नो परिवारलाई खाना पकाउन पाउँदैनथिन् र एउटा विद्यार्थी आफ्नो दैनिक होमवर्क र पठनपाठन गर्नबाट रोकिन्थ्यो ।

सबैको खुबि पनि हुँदैन कि १-२ हजारको झलमल्ल बल्ने लाईट किन्ने,५-७ हजारको ईन्भर्टर राख्ने अनि १०-२० हजारको सोलारको त कुरै छोडोैँ । त्यतिबेला जनता मर्कामा  थिए र राष्ट्र घाटामा थियो । देशको मुहार फेर्न सक्ने कुशल नेतृत्वको खोजिमा थियो , एक असल लिडरको पर्खाइमा थियो ।

अब कुरा गरोैँ कुलमान घिसिङको :

विद्यावारिधीको कुरा गर्दा उहाँले भारतबाट  ELECTRICAL ENGINEERING मा Bachelor गर्नु भएको छ भने नेपालकै पुलचोकबाट POWER SYSTEM मा Masters गर्नुभएको छ । यसले यो पुष्टि गर्छ कि उहाँलाई आफ्नो क्षेत्रको पर्याप्त ज्ञान छ र समयसँगै आफ्नो कुशल नेतृत्वद्वारा देशको प्रत्येक शहर,टोल र गाउँबस्तीलाई उज्यालोमा पुर्याउन सफल हुनुभयो । यसबाट प्रष्ट रुपमा बुझ्न सकिन्छ कि एक शिक्षित , दुरदर्शि र आँटिलो व्यक्ति प्रशासनमा र सिस्टममा रहँदा कस्तो परिवर्तन आउँदो रहेछ।

उहाँले पनि नियुक्ति पछि मजाले कुर्सीमा सुत्दै १०-४ बजेसम्मको काम लिप्ट्याएर करोडौं घुस खान पक्कै सक्नुहुन्थ्यो,जनतालाई अँध्यारोमा थन्क्याएर आफू उज्यालोमा रमाउन सक्नुहुन्थ्यो होला जुन तरिका पुरानाले सहर्ष अपनाएका थिए ।

तर उहाँसँग भिजन थियो , कुशल नेतृत्व थियोे र देशमा उज्यालो ल्याउने अठोट थियो , हिम्मत थियो । र उहाँ सफल हुँदै जानुभयो , जनताको साथ र जयजयकार पाउँदै जानू भयो र उहाँले कायापलट ल्याएर देखाउनु भयो जुन कुरा अरुले बोलीमा सिमित पार्छन् ।

आज उहाँलाई एउटा सामान्य कृषक , स्कुले बच्चा देखि लिएर वृद्धवृद्धाले मजाले चिन्छन् जब कि पहिलाका कुनै पनि विद्युत प्राधिकरणका MD लाई सिमित मान्छेले मात्र चिन्थे । यो लोकप्रियता उहाँको कामको हो , दुरदर्शिताको हो र कुशल नेतृत्वको हो । 

यति सबै हुँदा पनि उहाँले अहिलेसम्म एकल रुपमा कामको श्रेय लिनुभएको छैन । उहाँले टिमलाई नै मुख्य श्रेय दिँदै आउनुभएको छ र यस्ता बेबकुफहरु पनि छन् जसले उहाँको कामलाई स्वीकार्न सक्दैनन् , सबै उहाँको पालामा नभएको भन्दै आफ्नो नाम जोड्न चाहन्छन् । उनी हुन् नेपाल प्राधिकरणका पूर्व MD महेश काफ्ले जसले जनतालाई जनतालाई अन्धकारमा राखेर राष्ट्रलाई ठगीरहेका थिए, नेपाल आमालाई लुटिरहेका थिए । र फेरि त्यही आशामा नेताको घरघर डुलिरहेका छन् । 


अब फेरि समय आएको छ कुलमान घिसिङको समर्थनमा आवाज उठाउने र नेपालको विद्युतीय अधिकार र भविष्य आउँदो समयको लागि उहाँलाई हस्तान्तरण गर्ने ।

त्यसैले यसलाई शेयर गर्दै #WEWANTKULMANAGAIN  लेखोैँ ।