Monday, July 27, 2020

के हामी सही तरीकाले दांत माझ्छौं त?



 धेरै मानिसहरूले ब्रसलाई मज्जाले घोट्ने,टोक्ने गर्छन् जसकारण गिजाबाट रगत आउने गर्छ ।
यसो गर्नु हुन्छ भने यो बानी तुरून्तै हटाउनुहोस् ।
ब्रसलाई दांतमा टांसेर अगाडी पछाडी घोट्दैमा हाम्रो दांत र गिजामा अड्केका फोहोर निस्कदैन ।
यसको लागी सही तरीका अपनाऊनु पर्छ।

१.ब्रसलाई दांतसंग ४५° को कोणमा मिलाएर राख्नुहोस् र गोलो मुद्रामा (circular motion)बिस्तारै घुमाउनुहोस्।


२.पछाडीका दांतहरूको चबाउने भागमा पनि यसरी नै सफा गर्नुहोस्।

३.दांतको भित्री भागमा पनि सफा गर्न अत्यन्तै आवश्यक हुन्छ। यसको लागी ब्रसलाई ठाडो(vertical) पारेर भित्रीभागमा लगाउनुहोस् र गोलो मुद्रामा(circular motion) बिस्तारै घुमाउनुहोस् ।














४.दांतसंगै जिब्रोको माथिल्लो भाग पनि सफा गर्नु जरूरी हुन्छ। यसको लागी तपाईंले ब्रस वा Tongue cleaner को प्रयोग गर्न सक्नुहुन्छ।

दांतलाई सफा र स्वस्थ राख्न दिनको दुई पटक Fluoride युक्त दंन्तमञ्जको प्रयोग गर्नुहोला।


2 comments: