Wednesday, July 29, 2020

के तपाईंको दांत सिरिङ्ग हुन्छ? धुलो र जेल(GEL) दंन्तमञ्जनमा कुन फाईदाजनक?

धुलो दंन्तमञ्जनमा कुनै पनि लुब्रिकेन्ट(LUBRICANT - चिप्लो पार्ने पदार्थ) हुंदैन। यसकारण ब्रस,धुलो दंन्तमञ्जनका कणहरू र दांत बीच धेरै घर्षण हुन्छ र दांतको बाहिरी भाग अर्थात ENAMEL खिईनसक्ने डर रहन्छ।

यसले गर्दा दांत सिरिङ्ग हुने, दांत दुख्ने जस्ता समस्या देखा पर्न सक्छन्।
त्यसैले आफ्नो पहुंच भएसम्म जेल(GEL) दंन्तमञ्जनको प्रयोग गर्नुहोला।

✍️बेलाबेलामा दांत सिरिङ्ग हुने समस्या देखा परेमा        
      PEPSODENT( पेप्सोडेन्ट), SENSODYNE          
      सेन्सोडाइन), MEDIPLUS(मेडीप्लस) जस्ता
      FLUORIDE युक्त दंन्तमञ्जन बिहान र राती दांतमा
      लगाएर १-२ मिनेटसम्म राख्नुहोस् र बिस्तारै ब्रस
      गर्नुहोस् ।

✍️खानामा भिटामिन-सी(VITAMIN-C) जस्तै कागतीको
     प्रयोग गर्नुहोस्।
     तर यस्तो समस्या एका व्यक्तिले कागती तथा अन्य
     अमिलोजन्य वस्तुको एकल प्रयोग नगरौं। यी खानेकुराले
     ENAMEL खियाउन सक्छन् ।

✍️अत्याधिक चिसो र तातो खानेकुरा, ICE/ बरफलाई सिधै दांतको सम्पर्कमा नल्याउनुहोस् ।



4 comments:

  1. Keep Going Buddy! Worth reading.

    ReplyDelete
  2. Replies
    1. मेरो keyboard मा चन्द्रविन्दु नभएर है।

      Delete