Friday, July 31, 2020

के तपाईंको गिजा सुन्निने, गिजाबाट रगत आउने समस्या छ?










धेरै मानिसहरू गिजा सुन्निने,दुख्ने र गिजाबाट रगत आउने समस्याले पीडित छन्। यस्ता समस्याका मुख्य कारण  भनेको दांत र मुखभित्रको सफाईमा ध्यान नदिने बानी र भिटामिन-सी को कमी हुन्।
डायबिटीजको रोगी र गर्भवती महिलामा (हार्मोनको परिवर्तनले) पनि यस्ता समस्या देखापर्न सक्छन्।

रोकथाम गर्ने तरीका

✍️सर्वप्रथम दांत र मुखभित्रको सफाईमा विशेष ध्यान
     दिनुपर्छ। दिनको दुई पटक-राती सुत्नुभन्दा अगाडी र
     बिहान नास्ता गरेपछि ब्रस गर्ने।
     हप्ताको १-२ पटक mouthwash को प्रयोग गर्नु
     लाभदायक देखिन्छ।

✍️प्रशस्त मात्रामा भिटामिन-सी को प्रयोग गर्नुहोस्।
     भिटामिन-सी को मुख्य स्रोतहरू:
     कागती, अङ्गुर,गोलभेडा, मेवा, आंप,  स्ट्रबेरी, हरियो
     साग-सब्जी आदी।
     भिटामिन-सी को बारेमा सम्पुर्ण कुराहरू छुट्टै लेख्नेछु ।

✍️कम्तिमा पनि वर्षको एक पटक दन्तरोग विशेषज्ञसंग
     चेकजांच गराउनुहोस् ।

घरेलु उपचार :

✍️मनतातो पानीमा थोरै नुन हालेर दिनको ३ पटक कुल्ला
     गर्नुहोस्।

✍️मह, बेसार र नुन मिसाएर सुन्निएको ठाउंमा लगाउनुहोस् 
     

घरेलु उपचारले ठीक नभएको खण्डमा दन्तरोग विशेषज्ञसंग सम्पर्क गर्नुहोस् ।

    


No comments:

Post a Comment