Thursday, July 23, 2020

एसिड आक्रमण : आज समाजमा महिला पुरुष बराबर अर्थात लैङ्गिक समानता छ भनेर कसरी भन्न सकिन्छ?

आज समाजमा महिला पुरुष बराबर अर्थात लैङ्गिक समानता छ भनेर कसरी भन्न सकिन्छ?

सन्दर्भ एसिड आक्रमण :

एउटा नारीले आफुलाई मन नपर्ने पुरूषलाई सहजरूपमा इन्कार गर्न सक्ने अवस्था छैन। 
कुनै पुरूषले नारीको प्रेम प्रस्ताव रिजेक्ट गर्यो भने  उ उसको समुहमा मर्द कहलाउंछ। उसका साथीहरू उसको हाई-हाई गर्छन अनि भन्न थाल्छन "वाह केटो! गजब गरिस्।" 
कतै देख्यो कि उ सबैलाई सुनाउन भ्याउंछ
"ओई सुन्, मैले त्यो केटीलाई रिजेक्ट हान्देको" 
यति शानले भन्छ कि उसले विश्वलाई नै चकित पार्यो। कुनै देशले अन्तरिक्षमा चन्द्रयान पठाएको भन्दा धेरै गर्वका साथ कड्किन्छ र यहां पनि नारीकै बेइज्जत गरिन्छ। 
अनि जब उसको पालो आउंछ, उसलाई कोहि मन पर्न थाल्छ, उ प्रेमप्रस्ताव राख्न जान्छ ।
कुनै दिन कसैलाई रिजेक्ट गरेको ऊ, आफु रिजेक्ट भएको सहन सक्दैन,उसको मर्दाङ्गीमा हलचल हुन्छ र आत्मसन्तुष्टिको लागी एक निर्दोष नारीको रूप, जीवन र अस्तित्वमाथि भयावह रूपमा प्रस्तुत हुन्छ, गाली-गलौज दिन्छ, एसिड फ्यांक्छ र मर्दाङ्गी देखाउंछ ।
तर के उ साच्चै मर्द थियो त? 
कसैको जीवनसङ्ग तुच्छ व्यवहार गर्ने उ समाजमा खुलेआम हिंड्छ र एक निर्दोष नारी घरबाट बाहिर निस्कन सक्दिन, समाजमा घुम्टो ओढेर, मुहार छोपेर  हिंड्न बाध्य हुन्छिन्  जहाँ अपराधी छाती फुलाएर हिंड्छ । 
अब तपाईं नै भन्नुहोस्; के हाम्रो समाज र देशमा लैङ्गिक विभेदताको अन्तय भयो? 
के पुरुषले नारीप्रति जस्तो व्यवहार गरेपनि हुन्छ? 
के हामी त्यही समाजमा सिमित रहने जहां पुरूष अपराध गर्छ तर अपराधीको बोझ नारीले बोक्नु पर्छ? 

प्रतिक्रिया दिनुहोस्। 
🙏जय नेपाल

4 comments:

  1. Sabai purus naramro hudainan tara yasto naramro kam garne purus le sajaya paunu parxa ra nari lai nyaya hunuparxa.

    ReplyDelete
  2. It's an example of narcissist. Humiliating someone has been the art of bravery nowadays. Though people write against pathetic condition of todays, they donot practice the same in daily basis.

    ReplyDelete
    Replies
    1. Social media and its user write against it for fame,money etc.and leave it all behind with time.Its time for people to be conscious about these things,support the victim and stand against them who commit crime.

      Delete